ईडीद्वारा जेट एयरवेजको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत

डिसी नेपाल
१६ कार्तिक २०८० १४:४४
1.2k
Shares

काठमाडौं । जेट एयरवेज विरुद्धको कथित मनी लान्ड्रिंग मुद्दामा, प्रवर्तन निर्देशनालयले कम्पनीको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत गरेको छ।

जेट एयरवेजका संस्थापक नरेश गोयल, उनकी श्रीमती अनिता गोयल र छोरा निभान गोयललगायत धेरै व्यक्ति तथा कम्पनीको नाममा रहेका १७ वटा आवासीय फ्ल्याट/बंगला र व्यावसायिक सम्पत्तिहरू रहेको अनुसन्धान एजेन्सीले जनाएको छ ।

मंगलबार ईडीले नरेश गोयल विरुद्ध चार्जशीट दायर गरेको थियो। उनी सेप्टेम्बरमा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका थिए। यो मुद्दा एयरलाइन्सलाई दिइएको ऋणसँग सम्बन्धित छ।

क्यानरा बैंकले नोभेम्बर २०२२ मा उजुरी दायर गरेको थियो, जसको आधारमा सीबीआईले गत मेमा एफआईआर दर्ता गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *