अस्ट्रियाको यहुदी समाधिस्थलको भित्तामा स्वस्तिक चिन्ह देखिएपछि प्रधानमन्त्री र राष्ट्रपतिको निन्दा
काठमाडौं । इजरायल-हमास द्वन्द्वको बीचमा अस्ट्रियाको यहूदी चिहानको भित्तामा स्वस्तिक प्रतीक देखिएको छ । देशका नेताहरुले यसको निन्दा गरेका छन् ।
मंगलबार र बुधबारको बीचमा कब्रिस्तानको भित्तामा स्वस्तिक चिन्ह कोरिएको थियो। चिहानको एउटा हलमा आगलागीको घटना पनि भएको छ ।
अस्ट्रियाका यहूदी समुदायका प्रमुख ओस्कर ड्युचले भित्तामा स्वस्तिक र हिटलरको नाम देख्दा डर लाग्ने बताए। आगलागीबाट समाधिस्थलमा पनि क्षति पुगेको छ ।
अस्ट्रियाका चान्सलर कार्ल नेहामरले घटनाको कडा निन्दा गरेका छन् र सबै राजनीतिक र कानुनी माध्यमबाट यहुदी विरोधी भावनासँग लड्ने वाचा गरेका छन्।
अस्ट्रियाका राष्ट्रपति अलेक्ज्याण्डर भान गेर बेलेनले यो देखेर आफू छक्क परेको र हालैका हप्ताहरूमा देशमा यहुदी विरोधी घटनाहरू बढेको बताए।
जर्मनीमा दोस्रो विश्वयुद्धको समयमा, एडोल्फ हिटलरले यहूदीहरूलाई लक्षित गर्न स्वस्तिक प्रतीक प्रयोग गरे।
स्वस्तिकको अर्थ संस्कृतमा ‘शुभकामना’ हो। हजारौं वर्षदेखि, यो प्रतीक हिन्दू, बौद्ध र जैन धर्मका मानिसहरूले प्रयोग गर्दै आएका छन् र यो विश्वास गरिन्छ कि स्वस्तिक एक भारतीय प्रतीक हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment