बुढानीलकण्ठ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु (तस्वीरसहित)
काठमाडौं। बुढानीलकण्ठ वेद विद्याश्रम गुरुकुल व्यवस्थापन गर्ने उद्देश्यका साथ बुढानीलकण्ठ मन्दिर परिसरमा हरिवोधनी एकादशी मेलाको अवसर पारेर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ।

मंगलबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सप्ताह ज्ञान महायज्ञको शुभारम्भ गरेका थिए। सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पनि उपस्थिति थियो।

सात दिनसम्म चल्ने महायज्ञमा कृष्ण प्रणामी मन्दिर नवतम धामका महन्त स्वामी पुरुषेत्ताम महाराज प्रमुख कथा वाचन तथा पण्डित आमोद ढकालले कथा वाचन गर्ने छन्।

सो महायज्ञबाट संकलित रकमबाट बुढानीलकण्ठ वेद विद्याश्रम गुरुकुलको निर्माण गर्ने योजना रहेको बुढानील मन्दिरका महन्त स्थामी निगमानन्दले जानकारी दिए।




















No ads found for this position


Facebook Comment