कतारद्वारा ८ भारतीयलाई मृत्युदण्डको सजायविरुद्धको अपील स्वीकार

डिसी नेपाल
८ मंसिर २०८० १०:४२
9.1k
Shares

नयाँदिल्ली। कतारको अदालतले भारतीय अपिललाइ स्वीकार गरेको छ।

जासुसीको मुद्दामा पक्राउ परी मृत्युदण्डको सजाय पाएका भारतीय पूर्वअधिकारीको मुद्दामा कतारले अपिल स्वीकार गरेको हो।

कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना सजाय पाएका आठ पूर्व भारतीय नौसेना कर्मचारीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध भारतको अपील स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कतारको अदालतले पुनरावेदनलाई हेरेर सुनुवाइको मिति तय गर्ने स्रोतले जनाएको छ।

अगस्ट २०२२ मा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरू पूर्णन्दु तिवारी, सुगुनाकर पकाला, अमित नागपाल, सञ्जीव गुप्ता, नवतेज सिंह गिल, वीरेन्द्र कुमार वर्मा, सौरभ वशिष्ठ र रागेश गोपकुमार रहेका छन्। जसलाई गत महिना मृत्युदण्ड दिन फैसाला कतारको अदालतले गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *