चीनमा बालबालिकामा निमोनियाजस्तो रहस्यमय रोग फैलिँदै, डब्लुएचओले माग्यो रिपोर्ट
काठमाडौं । विश्व स्वास्थ्य संगठनले चीनको उत्तरी क्षेत्रका बालबालिकामा फैलिएको निमोनिया रोगबारे थप जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।
केही गैर-सरकारी मिडिया प्लेटफर्महरूका रिपोर्टहरू अनुसार चीनका यी क्षेत्रहरूमा ठूलो संख्यामा बिरामी बच्चाहरू उपचारका लागि बाल अस्पतालमा आउँदैछन्।
अर्कोतर्फ, चिनियाँ अधिकारीहरूले यसलाई फ्लू जस्तो रोग भनेका छन्। उनीहरू भन्छन्, ‘कोरोना महामारी रोक्नका लागि चालिएको कदमबाट पछि हटेकाले यो जाडोमा फ्लुजस्ता रोगको प्रकोप बढेको छ ।’
विश्व स्वास्थ्य संगठनले चीनलाई यो रोगको फैलावट रोक्नको लागि कदम चाल्न अपिल गरेको छ ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीले उत्तरी चीनमा अज्ञात निमोनिया जस्तो रोगको फैलावटसँग सम्बन्धित रिपोर्टहरूको बारेमा थप जानकारी चाहेको एक विज्ञप्ति जारी गरेर जनाएको छ ।
बिहीबार एउटा लेखमा चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ ‘उनीहरू श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित बालबालिकाको हेरचाह र अनुसन्धानमा नजिकबाट नजर राखिरहेका छन्।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment