अमिताभ बच्चनले छोराछोरीलाई सम्पत्ति बाँड्न थाले, आफ्नो बंगला ‘प्रतिक्षा’ छोरीको नाममा गरिदिए

डिसी नेपाल
९ मंसिर २०८० १४:४२

काठमाडौं । अमिताभ बच्चनसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ । आफ्नी पत्नी जया बच्चनको सहमतिमा मेगास्टारले छोरी श्वेता बच्चनलाई जुहूको बंगला ‘प्रतीक्षा’ उपहार दिएका छन् ।

यस घरको डिड ८ नोभेम्बर २०२३ मा हस्ताक्षर भएको थियो, जसमा दर्ता र स्ट्याम्प शुल्क ५०.६५ लाख तिरिएको छ। वास्तवमा ‘प्रतीक्षा’ दुईवटा प्लट मिलेर बनेको हो ।

दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो अमिताभ, जया र श्वेता बीचको प्लट नम्बर १४ को लागी हस्ताक्षर गरिएको छ। यहाँ ‘प्रतिक्षा’ बंगला विठ्ठलनगर को-अपरेटिभ हाउसिङ सोसाइटी लिमिटेड, जेभीपीडी स्किम, जुहुमा बनेको छ। यो ८९०.४७ वर्ग मिटरमा निर्मित छ।

यससँगै १५ नम्बर प्लटमा पनि ‘प्रतीक्षा’ बनेको छ । यो ६७४ वर्ग मिटरको एक क्षेत्र कभर छ। अमिताभ र श्वेताबीच प्लट नम्बर १५ को डिडमा हस्ताक्षर भएको छ । यसरी कुल क्षेत्रफल १५६४ वर्ग मिटर हुन्छ। बंगलाको बजार मूल्यको कुरा गर्ने हो भने यो ५०.६३ करोड रुपैयाँको रहेको बताइएको छ । यद्यपि, यो मूल्य निर्धारण पुष्टि भएको छैन।

श्वेता ‘प्रतीक्षा’की नयाँ मालिक बनेकी छिन् । अमिताभ बच्चनसँग तीनवटा बंगला छन्। ‘प्रतिक्षा’, ‘जलसा’ र ‘जनक’। जसमध्ये अमिताभ आफैं जया बच्चनसँग ‘जलसा’ मा बस्छन् ।

अमिताभ प्रायः आफ्नो परिवारसँगको तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्छन्, जसमा ‘जलसा’ को इन्टेरियर देखिन्छ। बंगला एकदमै विलासी छ। त्यहाँ धेरै ठूलो बगैंचा छ, जसमा रूखहरू र बोटबिरुवाहरू छन् र बस्ने ठाउँ पनि बनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *