कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनित
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनित भएका छन्।
सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दीलिप ढुंगाना (धनुषा) डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको सदस्य मनोनयन गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment