बसाइँसराइ रोक्नका लागि तीन वटै सरकार सजक हुनुपर्छ : मन्त्री बस्नेत

डिसी नेपाल
१२ मंसिर २०८० १३:२०

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइँसराइ रोक्नका लागि तीन वटै सरकार सजक हुनु पर्ने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार काठमाडौंमा आयोजना गरेको जनसंख्या र बसाईसराई व्यवस्थापनको सवलिकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाइँ सराइको चाप शहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउँदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताएका हुन्।

उनले हिमाल र पहाडबाट जनसंख्या शहरी क्षेत्रमा बसाइँसराइ बढ्दै जाने र शहरी क्षेत्रमा जनसंख्याको चाप थेग्नै नसकिने गरि बढ्नु भविश्यका लागि समेत चिन्ताको बिषय भएकोले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा जोड दिए।

त्यस्तै उनले चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरै जसो युवा जनशक्ति विदेश पलायन भइरहेको भन्दै निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संशाेधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बनाउने दावी गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाईसराई बढेको बताउदै राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने धारणा राखेकी थिइन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *