कांग्रेस पदाधिकारी बैठक बुधबारका लागि आह्वान

डिसी नेपाल
१२ मंसिर २०८० १८:३८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

बैठक बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाएको हो। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *