कैलाली पुगे एमाले अध्यक्ष ओली
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुद्ध एयरको जहाजमार्फत कैलाली पुगेका छन्।
१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली पुगेका हुन् । अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पुगेका छन् ।
उनीहरू आज धनगढी बस्ने छन्। उनीहरूले भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन्। झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment