कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल आज दुबई जाँदै

डिसी नेपाल
१३ मंसिर २०८० ६:३४
28
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युएइको दुबई प्रस्थान गर्दै छन्।

कोप-२८ सम्मेलन भोलिदेखि २६ गतेसम्म दुबईमा आयोजना हुँदैछ। प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८-विश्व जलवायु कार्य शिखर सम्मेलनको उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनले आगामी १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ ?’ कार्यक्रम आयोजना गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औं संघीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ। सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ताहरु पनि गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी मंसिर १७ गते स्वदेश फर्किने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *