रास्वपाले बनायो ५२ सदस्यीय केन्द्रीय समिति, १४ जना मनोनीत

डिसी नेपाल
१३ मंसिर २०८० १६:४७
268
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको छ ।

जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको हो । बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै ५२ सदस्यीय बनेको हो।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *