एनिमलले तोड्यो जवानको रेकर्ड, २ दिनमा २३६ करोड कमायो

डिसी नेपाल
१७ मंसिर २०८० १४:५८

काठमाडौं । रणवीर कपूर र रश्मिका मन्डन्ना स्टारर फिल्म एनिमलले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ । शाहरुख खानको फिल्म ‘जवान’ लाई पछि पार्दै फिल्मले २ दिनमै विश्वभर २३६ करोड कमाएको छ ।

फिल्मले भारतमा मात्र २ दिनमा १०० करोड कमाएको छ, जुन अहिलेसम्मकै रेकर्ड हो । ओपनिङ कलेक्सनका हिसाबले एनिमल जवान र पठानको रेकर्ड तोड्दै पहिलो दिन सबैभन्दा बढी कमाउने हिन्दी फिल्म बनेको छ ।

तर, भारतीय फिल्मको कुरा गर्ने हो भने फिल्म आरआरआर अझै एनिमलभन्दा अगाडि छ । ट्रेड विज्ञ रमेश बालाले फिल्मको दोस्रो दिनको कमाइबारे दैनिक भास्करसँग कुरा गरेका छन् ।

फिल्म एनिमलले रिलिजको दोस्रो दिन अर्थात डिसेम्बर २ मा विश्वभर २३६ करोडको कलेक्सन गरेको उनले बताए । फिल्मले दोस्रो दिन भारतमा ५९ करोड कमाएको छ भने विश्वभर फिल्मले ११५ करोड कमाएको छ ।

फिल्मले पहिलो दिन पनि ११६ करोड रुपैयाँ कमाएको थियो, जसका कारण फिल्मको विश्वव्यापी कलेक्सन २३६ करोड नाघेको छ । व्यापार विज्ञ रमेश बालाका अनुसार फिल्मले शनिबार साउथ जोनमा उद्घाटन दिन १५ करोडभन्दा बढीको कमाई गरेको छ । शुक्रबार र शनिबारको तुलनामा आइतबार फिल्मको कमाई राम्रो हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *