सीआइडी इन्स्पेक्टर फ्रेडीको निधन

डिसी नेपाल
१९ मंसिर २०८० ११:३९

काठमाडौं । सोनी टेलिभिजनको चर्चित शो सीआइडीमा इन्स्पेक्टर फ्रेडरिक्सको भूमिकाबाट चर्चित भएका अभिनेता दिनेश फडनीसको निधन भएको छ ।

हृदयघात भएपछि दिनेशलाई केही दिनदेखि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उनी भेन्टिलेटरमा थिए । उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताइएको छ । मंगलबार उनको निधन भयो । अभिनेताको निधनले उनका सबै फ्यानहरूलाई गहिरो स्तब्ध बनाएको छ।

दिनेश फडनीस केही दिनदेखि आईसीयूमा जीवन र मृत्युबीच लडिरहेका थिए । तर आज मुम्बईको एक अस्पतालमा उनको मृत्यु भएको हो ।

दिनेशको मृत्युको पुष्टि उनका नजिकका साथी र सीआईडी ​​शोका सह-कलाकार दयानन्द शेट्टीले गरेका छन्। दयानन्द शेट्टी दिनेशसँग धेरै नजिक थिए। उनी पनि अभिनेताको निधनले गहिरो स्तब्ध भएका छन् ।

दिनेश फडणीसको दौलतनगर श्मशान स्थलमा अन्तिम संस्कार गरिने छ । उनले चर्चित टिभी शो सिआइडीबाट ठूलो चर्चा पाए । यस शोमा उनी इन्स्पेक्टर फ्रेडरिकको भूमिकामा देखिएका थिए । उनको क्यारेक्टर निकै रुचाइएको थियो ।

सीआइडीपछि दिनेश एक्कासि पर्दाबाट गायब भए । उनले अभिनय छोडेर मराठी फिल्मका लागि स्क्रिप्ट लेख्न थालेको खबर आएको थियो । दिनेशका फ्यानहरूले उनलाई फेरि पर्दामा उत्कृष्ट प्रदर्शन गरेको हेर्न चाहन्थे।

५७ वर्षको उमेरमा दिनेशको निधनले उनका फ्यानहरूलाई मर्माहत बनाएको छ । उनको निधनले अभिनेताका परिवार र नजिकका साथीहरु पनि शोकमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *