उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं। उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ ।
फिल्मको सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकका दृश्यले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ।
फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन्। अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो।
फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment