‘भूकम्पपछिकाे पुर्ननिर्माणमा प्रदेश सरकारले नेतृत्व गर्नुपर्छ’

डिसी नेपाल
२२ मंसिर २०८० ६:५८

सुर्खेत। गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दुभएर गएको भूकम्पवाट प्रभावितको खोज उद्धार र उपचार र राहतमा झै पुर्ननिर्माणमा प्रदेश सरकारले नेतृत्व गर्नुपर्नेमा जोड दिइएको छ। भूकम्पपछि प्रदेश सरकारको सकृयता प्रभावकारी भएकोमा जोड दिइएको छ।

कर्णाली प्रदेश सरकारको आयोजनामा जाजरकोट, रुकुम पश्चिम र जाजरकोटका १४ वटा स्थानीय तहका जनप्रतिनीधि र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको छलफल कार्यक्रममा सहभागिले भूकम्प प्रभावितक्षेत्रमा गरिने पुर्ननिर्माणमा संघ सरकारले ल्याएको कार्यवीधिमा प्रदेश सरकारलाई भूमिका विहिन वनाएकोले त्यसलाई सच्याउन संघीय सरकारलाई आग्रह समेत गरेका छन्।

रुकुम पश्चिम आठविसकोट नगरपालिका नगर प्रमुख रवि केसीले स्थानीय तहका जनप्रतिनिधिले भूकम्प गएको राति देखिनै स्थानीय तह र प्रदेश सरकारबीच भएको खोज उद्धार, उपचारमा भएको पहलकदमीको कामले संघीयताको औचित्यलाई पुष्टि गरेको र जनतामा सकारात्मक प्रभाव पारेको बताए।

जाजरकोट वारेकोट गाउँपालिका अध्यक्ष वीरवहादुर गिरीले प्राकृतिक विपदमा जनताको नजिकको सरकारको रुपमा स्थानीय तह र प्रदेश सरकारले खेलेको भूमिकाले प्रदेश र स्थानीय सरकार जनताको नजिकको सरकार भएको अनुभूति दिलाउन सकेको वताए। उनले भने, ‘खोज उद्धार, राहतमा देखाएको कृयाशिलता अव पुर्ननिर्माणमा देखाउन पर्दछ।’

नलगाड नगरपालिका जाजरकोटका प्रमुख डम्वरवहादुर रावतले भूकम्प प्रभावित क्षेत्रमा प्रदेश सरकारले खेलेको भूमिका प्रसंनीय रहेको भन्दै अव पुर्न निर्माणमा ठोस पहल कदमी लिनुपर्नेमा जोड दिए।

उनले भने, ‘कार्यविधिमा प्रदेश सरकारलाई भूमिका विहीन बनाइएको भन्ने छ। उद्धार र राहत वितरणमा निकै भूमिका खेलेको छ। प्रदेश सरकारको कुरा छ, आवास निर्माणमा नभएपनि सार्वजनिक संरचनाको क्षेत्रमा काम गरिदिनुपर्छ।’

सल्यान दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसीले राहत ब्यवस्थापनमा प्रदेश सरकारको भूमिका राम्रै भएकाले अव पुर्ननिर्माणमा ठोस योजना बनाएर लाग्नुपर्ने बताए।

जाजरकोट भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले तीन तहको सहकार्यले भूकम्प प्रभावितलाई ब्यवस्थापन प्रभावकारी वनाउन सफल भएको बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा प्राकृतिक विपद हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न पूर्वतयारीमा लाग्नुपर्ने बताए। उनले भने, ‘प्राकृतिक विपदवाट हुने न्यूनिकरण गर्न अव गरिने भौतिक पूर्वाधार लगायतका निर्माण गर्दा वातावरणमैत्री, वातावरण अनुकुल वनाउन ध्यान दिन आवश्यक छ।’

भूकम्प पश्चात प्रदेश सरकारले स्थानीय तह र संघ सरकार दुबैसँग समन्वय र सहकार्यलाई प्रभावकारी बनाएको भएपनि पछिल्नो पुर्न निर्माण लगायतका सवालमा अनुगमनको मात्रै जिम्मेवारी रहेको बताए।

कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णवहादुर जिसी, भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले तिनै तहका सरकार र जनपरिचालनवाट पुर्ननिर्माण गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *