जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति कार्यान्वयन हुन जरुरीः स्वास्थ्यमन्त्री बस्नेत

डिसी नेपाल
२२ मंसिर २०८० १६:२४
28
Shares

काठमाडौं। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको र यसका लागि सवैको सहयोग आवश्यक रहेको बताएका हुन्।

मन्त्री बस्नेतले आर्थिक पछ्यौटेपनले लैङ्गिक हिंसा हुने भन्दै सबैलाई आर्थिक रुपमा समानन्तर बनाउनुपर्ने धारणा राखे। उनले स्वास्थ्य मन्त्रालयमा बजेट अभावका कारण सीमित स्रोत साधनमा मन्त्रालयको कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको गुनासो गरे।

कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगाएतको स्वास्थ्यसम्बन्धी हक अधिकारलाई प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनमा आएको जानकारी दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *