सरकारले मात्रै महिलामाथिको विभेद अन्त्य गर्न सक्दैन : मन्त्री आचार्य

डिसी नेपाल
२३ मंसिर २०८० १८:२४
20
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले सरकारले मात्रै महिलामाथिको बिभेद अन्त्य गर्न नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले शनिबार काठमाडौंमा आयोजना गरेको समान सहभागीताका लागि सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा मन्त्री आचार्यले महिलामाथिको विभेद अन्त्य गर्न समाजमा सचेतना ल्याउनुपर्ने र सरकारले संविधानमा उल्लेख कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

उनले संविधानमा उल्लेख समावेशीको विषयलाई कार्यान्वयनमा लैजान सरोकारवाला सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

मन्त्री आचार्यले निर्वाचनमा पनि दलहरुले समानुपातीक ढंगले महिलाहरुलाई स्थान दिन नसकेको जिकिर गरे । उनले महिला बिभाग खारेज गर्ने निर्णय आफु मन्त्रालय आउनुभन्दा पहिले नै भएको दावी गरे । विभाग खारेज भए पनि यसले गर्ने काम अब मन्त्रालयको एउटा शाखाले गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल लगाएतले सञ्चारगृहमा महिला सञ्चारकर्मीले सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने र अनुगमन निरन्तर हुनुपर्नेमा जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *