वन पैदावर र कृषिमा आधारित उधमशिलतामार्फत रोजगारी सृजना गर्छाैं : मुख्यमन्त्री शर्मा

डिसी नेपाल
२४ मंसिर २०८० ७:०२

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वन पैदावर र कृषिमा आधारित उधमशिलतामार्फत रोजगारी सृजना गरिने बताएका छन्।

उनले भने, ‘आयातलाई प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ। कर्णालीमा वन पैदावर र कृषि नै उपयुुक्त छ। यसलाई पर्यटनसँग जोड्नुपर्दछ।’

सुर्खेत उद्योग बाणिज्य सघको ४० औ बार्सिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले निजी क्षेत्र ,सहकारी र राज्य मिलेर बिकास गर्न सकिने भएकाले तीन खम्बे अर्थनितिलाई आत्मसात गरेको बताए। उनले भने, ‘ एक्लाएक्लै होइन मिलेर बिकास, समृद्धि र रोजगारी सृजना गर्न सकिन्छ। प्रदेश सरकार साथमै छ।’

‘कर्णाली प्रदेश पछिपरेको प्रदेश होइन पछि पारिएको प्रदेश हो। आफूले पटकपटक क्षतिपूर्तिसहितको बजेट र कार्यक्रम माग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भने, ‘जनसंख्याको आधारमा होइन, भूगोल यहाँको अबस्था अनुसार नीति र बजेट सहित कर्णालीको बिकास गरिनु पर्दछ।’

‘कर्णालीको बिकासमा राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर काम गर्नुपर्दछ। कर्णाली प्रदेशका सबै दल, नागरिक समाज र उद्योगी ब्यबसायीको साझा बुझाई भनेको कर्णालीको समस्या गरिबी हो भन्ने भएकाले रोजगारी सृजना गर्न सबैले पहल र प्रयत्न गर्नुपर्दछ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *