जाजरकोटमा गएको भूकम्प र संवेदना हराएको सरकार

कमाला थापा
२४ मंसिर २०८० ७:५३

जाजरकोट र रुकुम पश्चिममा भुकम्प गएको १ महिना पूरा भैसक्यो। भूकम्प गएको ४ घण्टाको बीचमा डाक्टरको टोली लिएर प्रधानमन्त्री प्रचण्ड जाजरकोट पुगे। त्यस बीचमा राष्ट्रपति, मन्त्री, सांसदहरुको लावालस्कर नै लाग्यो।

प्रधानमन्त्रीले ठूलै आश्वासन दिएर आउनुभएको होला। तर आजसम्म त्याहाँ ८र८ को त्रिपाल र एकरएक ओटा ब्ल्यांकेटबाहेक अरु नपाएको र त्यो पनि सबै पीडितसम्म पुग्न नसकेको गुनासो सुनिइरहेको छ।

राहतका लागि आएका सामानहरु अझै पोखरा बिमानस्थलमै रहेको र ढुवानीमा कठिनाई भइरहेको भन्ने सरकारको गुनासो सुनिन्छ। यो के भैरहेको छ?
सरकारको उपस्थिति केवल सस्तो लोकप्रियता कमाउन र सामाजिक संजालमा देखाउनु मात्र थियो? चिसोको मौसम सुरु भैसक्यो। त्रिपालबाट शित चुहिने, चिसो सिरेटोले बुढाबुढी, बालबालिका, सुत्केरी महिला, दीर्घ रोगिहरूको मृत्यु भैरहेको छ।

भूकम्पपछि मृत्यु हुनेको सख्या २४ नाघिसकेको छ। पौष महिना सुरु हुँदैछ। हिमाली जिल्लाहरूमा हिमपात सुरु भैसक्यो। जाजरकोटमा चिसो ह्वात्तै बढेको छ। यतिवेल र यसपछिको हिँउ झन झन पर्न थालेपछिको अवस्थामा पीडितको जनजीवन के होला? यो सरकारले सोचेको छ?

दातृ राष्ट्रहरुले भूकम्प क्षेत्रका जनताहरुको लागि दिएको नगद धनराशी र जिन्सी सहयोग प्रयाप्त मात्रामा आएको छ। जसबाट अहिलेसम्म अस्थाई टहराहरु निर्माण भैसक्नु पर्ने थियो।

छिमेकी भारत र चीनले पनि उल्लेख्य सहयोग गरेको छ। तर जनतासम्म पुग्न सकेन किन? कोरोना कालमा चीनले आफ्नो जनतालाई बचाउन कति तत्परताका साथ १० दिनमा एकहजार सैयाको हस्पिटल तयार गर्‍याे।

गणतन्त्रको सरकार र ठूला पार्टीहरुको ध्यान केवल तीन कुरामा प्रस्ट छ। एउटा- बिदेशी माफियाहरुसँग साझेदारी गरेर धन आर्जन गर्ने। दोश्रो-सत्ता र शक्तिको आडमा मिलिजुली ठूल्ठूला भ्रष्टाचर गरेर आफू र आफ्ना परिवारलाई शक्तिशाली पदमा पुर्‍याएर देश जनतालाई लुट्दै सात पुस्तालाई पुग्ने धन कमाउने र देशलाई बिदेशी प्रभुको हातमा पुर्‍याउने।

हाम्रा नेताहरुको बिदेशी भ्रमण तिब्र रुपमा भैरहेको हुन्छ। प्रधानमन्त्री प्रचण्डको डेढ महिना अगाडिमात्र भएको भ्रमणमा के देखेर आउनु भयो? त्यहाँको बिकासले प्रधामन्त्रीको मन छोयो कि छोएन?

कि आफ्नो स्वागतमै रमाएर फर्कनु भयो? यस्ता तमाम प्रश्नहरु छन्। जसमा देशको अर्थतन्त्र ब्यर्थ उपलब्धि विहीन क्षेत्रतर्फ खर्च भैरहेको छ। पीडित वर्गमा प्रतिघर ५०, ०० (पचास हजार) रुपैयाँ दिने भनेको पनि १ महिना पुग्नै लाग्यो तर दिइएको छैन।

जाजरकोटका पीडित जनता बुढाबुढी रोएको हेरिसक्नु छैन। तर सरकारको ध्यान ती आफ्ना जनताप्रति उत्तरदायी देखिँदैन। संबेदनशील नभएको सरकार देश, जनतालाई हेर्ने दृष्टिकोणमा आँखामा पट्टि बाँधेर निदाएको देखिन्छ।

देशमा यत्रा, यत्रा बिपद् आउँदा पनि सरकारको बिदेश भ्रमण भने रोकिँदैन। भर्खरैमात्र प्रधानमन्त्री प्रचण्ड दुबई गएर आउनु भएको छ। उहाँले पूरै मन्त्रीहरुको पनि भ्रमण गराउँदै हुनुहुन्छ।

मन्त्रीहरुको म्रमण दुबई, आबुधाबी, कतार, मलेसिया, सिंगापुर हुँदैछ। त्यो केका लागि? देश रोइरहेछ, जनता गाँस बासको खोजिमा सडकमा छन्। सडकमा गम्भिर बिषयहरु उठेका छन्। सरकार सरोकार वालाहरुसंग छलफल गर्न आवश्यक ठान्दैन।

अनाबश्यक रुपमा जम्बो मन्त्रिपरिषद्लाई बिदेश भ्रमणमा पठाइँदै छ। कतै जनता, बुद्धिजिवी, सञ्चार जगतले भने जस्तो भ्रष्टाचर गरेर बिदेशमा लुकाएको खर्बौंखर्ब धन ब्यबस्थित गर्न या त्योभन्दा सुरक्षित स्थानमा अन्यत्र सार्न हो?

किन भने एनसेललाई भगाएर सरकार र सबै ठूला पार्टीका परिवारको नाउमा खरिदगरी कालो धन सेतो बनाउने सजिलो तरिका अपनाउन खोजिरहेको त छैन? भ्रष्टचारको जालो हाम्रो अनुमानभन्दा धेरै गुणा ठूलो छ।

यो देख्दा यहां कोही सुरक्षित छैन। जसले यस्ता बिषयहरुमा बहस चलाई रहेका छन्। यो नितिगत भ्रष्टाचर हो। यस्तो भ्रमणहरु अबिलम्ब रोकिनु पर्छ र यस्ता फजुल भ्रमणमा खर्च गरिने रकमलाई जाजरकोटका पीडितहरुको लागि घरटहरा, भौतिक संरचना निर्माणमा लगाइनु पर्छ। यो जनताको माग हो।

यो गणतन्त्रको सरकार र ठूला पार्टीहरुको ध्यान केवल तीन कुरामा प्रस्ट छ।

एउटा- बिदेशी माफियाहरुसँग साझेदारी गरेर धन आर्जन गर्ने।

दोश्रो-सत्ता र शक्तिको आडमा मिलिजुली ठूल्ठूला भ्रष्टाचर गरेर आफू र आफ्ना परिवारलाई शक्तिशाली पदमा पु¥याएर देश जनतालाई लुट्दै सात पुस्तालाई पुग्ने धन कमाउने र देशलाई बिदेशी प्रभुको हातमा पुर्‍याउने।

तेश्रो- गणतन्त्रका बिरुद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि दमन गर्ने। शहरका सबै स्थानहरूमा निसेधाज्ञा लगाएर जनतालाई सडक पनि बन्चित गराउँदै सरकार र गणतन्त्रका भ्रष्ट ठेकेदारहरु सुरक्षित रहने।

संसदीय प्रणाली देखाउने दाँतमात्र भएको छ। सरकार पार्टीहरु निरङ्कुश अधिनायकवादी चरित्र बोकेको हुँदा यहाँ जनताको कुनै मूल्य छैन। प्रधानमन्त्री भन्नुहुन्छ- गणतन्त्र माथि प्रतिगमन हुन खोज्दैछ।’

तर बास्तबिक प्रतिगमन सरकारबाट भैरहेको छ। जनताको अधिकार माथि, देशप्रति र मूलुकको अर्थतन्त्रमाथि। गणतन्त्र आएको १७ बर्षसम्म जनताले के पाए? गरिबी ऋणमा डुब्नु, रोजगारी नहुनु, युबाहरु बिदेशीन पर्नु।

दण्ड दण्डहीनताले सीमा नाघ्नु। तर नेताहरु देश लुट्न र भ्रष्टाचारले मोटाइ रहनु। यो सबै जनताले सहेर हाम्रा नेता जिन्दावाद भनेर तालिबजाई दिनु पर्ने हो?

जनताको पक्षमा उभिनु पर्ने प्रतिपक्ष उल्टै जनतामाथि दमन गर्ने नीति अख्तियार गर्न सरकारलाई निर्देशन दिँदै मिसन ८४ को अभियान लिएर देश दौडाहामा निस्केकेको छ।

भर्खर उदाएको पार्टीलाई निर्वाचन सकिएको १ बर्ष नपुग्दै मध्यावधि निर्वाचनको माग गर्न हतार भएको छ। ४ बर्ष काम गर्न बाँकी नै छ। तर बहुमत ल्याएर सरकारमा पुगिहाल्ने हतारो छ।

पुराना पार्टीका केही औकात बिर्सिएका युवा भनिनेलाई चुपलागेर बसेका राजालाई मर्यादा हिन आरोप लगाउँदै पार्टी अनुशासनको समेत मर्यादा नराखी‌ मै हूँ भन्ने देशको असली ठेकेदार देखिनु परेको छ।

त्यही आरोप आफूलाई लगाए के हुन्छ? जोसँग आफ्नै कुम जोडिएको छ। बिदेशीले हावा भरेको बेलुन बेलगाम आकाशमा उडे जस्तो यो देश आफ्नै बपौती सरह ठान्दै छन्।

फिष्टाले सोहर थामे जस्तो ठान्दैछन्। यस्ता नेताहरुबाट देश उभो लाग्ला भनेर सोच्ने कुनै ठाउँ छैन। संसद पूर्व प्रधानमन्त्रीहरुको ल्कब, साँच्चै बृद्धाश्रम जस्तै देखिन्छ।

प्रत्येक पार्टीभित्र बिदेशीले हुर्काएका जेलेन्स्कीहरुको अनुशासन हीन‌ ब्यबहार रोक्न नसक्ने हो भने सिङ्गो पार्टी बदनाम नहोला भन्न सकिन्न। त्यसैले साँचो अर्थमा भन्नु पर्दा नेताहरुले देशलाई प्रतिगमन तर्फ लादैछन्।

नेपाली कांग्रेस जस्तो अनुशासित पार्टी भित्र अनुशासन हिनताले स्थान नपाओस्। यहाँ हाम्रा आदर्श नेता विपी कोइरालाको इतिहास छ। वीपीले त्यसै भन्नु भएको छैन होला–‘राज संस्था नभए देश रहँदैन।’

आज गणतन्त्रमा देश सुरक्षित छैन। देश असफलतातिर जाँदैछ। नेपाली कांग्रेसले अब किस्ताबन्दिमा हैन, आफ्नो सिङ्गो इतिहासमा फर्किनु पर्छ। भोली केही भएको अबस्थामा अरु कुनै पार्टीले जिम्मा लिने पक्षमा हुदैनन्।

त्यतिबेला सबै भाग्न सक्ने छन्। तर कांग्रेस जिम्मेवार पार्टी भएकोले समस्याबाट भाग्न सक्दैन। केही ठूला पार्टीका र स्वतन्त्र सांसदहरुको आवाज जनपक्षीय भएता पनि ठूला पार्टी र पार्टीका ह्वीपले बाँधिनु परेको अबस्था छ।

नैतिक र आर्थिक रुपमा भ्रष्ट चरित्रले भरिएका शासकहरुबाट देश सुरक्षित हुन सक्दैन। त्यसैले बिदेशमुखी गणतन्त्रले देशको भलो हुँदैन। परिवर्तन अपरिहार्य छ। जनताले नै देश जोगाउनुको बिकल्प छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *