अस्मिता र प्रचण्डबाबुको ‘अमेरीकामा ब्रेकफाष्ट गरौला’ गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
२४ मंसिर २०८० २१:४७
132
Shares

काठमाडौं। गायक प्रचण्डबाबु राई केहि समयको ब्रेकपछी पुनःआफ्नो नयाँ गीत ‘अमेरीकामा ब्रेकफाष्ट गरौला’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आएका छन्।

राम गोपाल ‘आशुतोष’को शब्द र लोकप्रिय संगीतकार हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।प्रचण्डबाबु र अस्मिता अधिकारीले युगल गायन रहेको गीतको भिडियोलाई टुवेल नोट्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

आम नागरिकहरुले देख्ने सपनाका शब्दहरुलाई समेटेर गीत तयार पारिएको गीतको भिडियोमा मोडेल कविता नेपाली र सुरेश देवलको अभिनय रहेको छ। भिडियोलाइ रोशन श्रेष्ठले निर्देशन गरेका हुन्। सफल गनेजुको सिनेमाटोग्राफी ,गम्भीर बिस्टको कोरियोग्राफी र प्रविन भट्टको सम्पादन रहेको भिडियोलाइ ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा छायांकन गरिएको छ।

नुवाकोट देवीघाटका गायक प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *