मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण
झापा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ ।
मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहार मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ ।
कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘पहिचानवादी’ कार्यकर्ताले मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाउँदै उनी सवार गाडीमा ढुंगा प्रहार गरेका हुन् ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
ढुङ्गा हान्दैमा कसैको माग पूरा हुदैन ,केहाे पहिचान भनेको ? के नेपाली हुनु नेपाली काे पहिचान हैन ? काेशि ,सगरमाथा नेपाली नेपाली चाहिँ हाम्रो गाैरब,हाम्रो पहिचान हैन ? हामी कति संकुचित दिमाग लिएर बाचेका छाै त।किराँत ,काेसि समग्र मुलुक काे पहिचान हाे भनेर अझै हामी छुट्याउन सक्दैनौं भने हामी कति तल्लो स्तर तिर झरिरहेका छाैत।कहाँबाट देशको बिकाश ,हाेस त,हाम्रो चेतना नै अति कमजोर छ अझै ,धेरै सताब्दि ,धेरै पुस्ताहरु बित्दै जानुपर्छ र मात्रै हाम्रो मानसिक चेतामा नयाँ साेच अाउनेछ।मुलुक उन्नति तर्फ तब लम्किनेछ।