डा. गोविन्द केसीको अनसनविरुद्ध धनगढीमा विरोध प्रदर्शन

डिसी नेपाल
३० मंसिर २०८० १६:४३
552
Shares

धनगढी। डा. गोविन्द केसीको अनसनविरूद्ध धनगढीमा विरोध प्रदर्शन भएको छ ।

चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढीमा अनशन बसे पछि शनिबार प्रदर्शन भएको हो।

उनी अनसन बसेपछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो।

सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थाले पछि प्रर्दशन गर्नु परेको बताएको छ । सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन्।

उनी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अवरोध गरेपछि त्यहाँवाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका थिए । तर, अनसन बसेपछि स्थानीयले उनीविरूद्द नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *