सालकको खपडासहित तीन जना पक्राउ

डिसी नेपाल
१ पुष २०८० १९:५८
72
Shares

काठमाडौं।  प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार वन्यजन्तु सालकको खपडा बेचबिखन गर्न हिडिरेहका भन्ने गोप्य सूचनाको आधारमा स्थायी घर दोलखा भएका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकविर तामाङलाई पक्राउ गरिएको हाे।

उनीहरूसहित चेकजाँच गर्ने क्रममा ४४ इन्च लम्बाइ, २१ इन्च चौडाइ रहेको खुट्टाको नङ्ग्रासहितको सालको खपडा र छाला जस्तो देखिने वस्तु बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको प्रहरीले जनाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *