बाजुरामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

डिसी नेपाल
१ पुष २०८० २०:५९
96
Shares

बाजुरा।  बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।

बडीमालिका नगरपालिका–२ खडीगाडमा आइतबार साँझ ५ बजेतिर सुदूरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले लु ४ त ७३०५ नम्बरको ट्याक्टर ओभर टेक गर्ने क्रममा दुर्घटना भएको हो।

सुदूरपश्चिम प्रदेश ०१००२ त ४१०५ नम्बरको ट्याक्टर खोलामा परेर चालकसहित चार जनाको मृत्यु भएको छ। बडीमालिका–२ का ३८ वर्षीय देवराज जैसी, ३३ वर्षीया करिष्मा रोकाया, सोही पालिका–१ का ३५ वर्षीय चन्द्र धामी र गौमुल गाउँपालिका–६ का ३० वर्षीय चालक हिक्मत रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुबै ट्याक्टरमा ४/४ जना सवार रहेका थिए। अर्को ट्याक्टरका चालकसहित चारै जना फरार रहेका छन्। घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *