आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नागेन्द्र साह
काठमाडौं। नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ।
निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले दिएको राजीनामा स्वीकृत गर्दै साहलाई निमित्तको जिम्मेवारी तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको हो।
निगमका कार्यकारी निर्देशकमा १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिएका थिए।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले निगमका कार्यकारीबाट उमेश थानीले दिएको राजीनामा स्वीकृत भएको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment