शैक्षिक अभियन्ता बालागुरु षडानन्दको सालिक अनावरण
भोजपुर। नेपालमा शिक्षाको ज्योति फिजाउने शैक्षिक अभियन्ता आवाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारीको दिङ्लामा सालिक अनावरण गरिएको छ ।
उनको एक सय ८९औँ जन्मजयन्तीको अवसर पारेर षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा षडानन्दको अर्धकदको सालिक नगर प्रमुख सुरेन्द्रकुमार उदासले अनावरण गरे।
नगरप्रमुख उदासले देशको शैक्षिक उन्नयनमा षडानन्द अधिकारीले निर्वाह गर्नुभएको अतुलनीय भूमिकाको सराहना गर्दै शिक्षाका साथै धार्मिक एवं समाज सुधारमा उनले गरेको योगदानको आमनेपालीले सधैँ सम्झिरहने बताए।
त्यसै अवसरमा हेमराज गुरागाईद्वारा लिखित तथा धनमाया प्रतिष्ठानको प्रकाशन ‘धनमाया’ शोक काव्य विमोचन गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment