कस्तो रहला आज देशभरको मौसम?
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसर उक्त प्रभावले अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज तराईका केही स्थानहरूमा हुस्सु लागेको छ। आज देशभरको मौसम सामान्यतया सफा रहने छ। राति पनि यो क्रमले निरन्तरता पाउने छ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment