पाँच वर्षीया बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्ध पक्राउ
सिरहा । सिरहामा बालिका बलात्कार अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षीय बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्धालाई प्रहरीले पक्राउ गरेको हो।
घरमा कोही नभएको बेला बालिकालाई ललाइफकाई बलात्कार गरेको बालिकाका छिमेकीले जानकारी दिए। उनले घरका सबै मानिसहरू काम कामका गएका बेला बिहीबार अपरान्ह बालिकालाई ललाइफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बेलुकी अभिभावक आएपछिमात्र घटनाबारे जानकारी भएको थियो।
घटना जानकारी पाए लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरीले वृद्धलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका निमित्त प्रमुख इन्सपेक्टर रामप्रसाद कापकोटाले जानकारी दिए।
प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment