ताइवानको राष्ट्रपति चुनावअघि चीनले फेरि एकपटक सैन्य शक्ति देखायो

डिसी नेपाल
८ पुष २०८० ११:४३
124
Shares

काठमाडौं । ताइवानले चीनले आफ्नो भूमिमा लडाकु विमान र नौसैनिक जहाज पठाएको जनाएको छ।

ताइवानमा राष्ट्रपतीय निर्वाचन हुन तीन साता बाँकी रहेका बेला चीनले यस्तो कदम चालेको हो ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र विगतमा ताइवानको चुनावअघि धेरै पटक आफ्नो सैन्य क्षमता प्रदर्शन गरिसकेको छ।

यसैबीच, चीनले शुक्रबार ताइवानबाट ग्रूपर माछा (माछाको एक जात) निर्यातमा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

कतिपय विश्लेषकहरूले ताइवानलाई लिएर चीनले एकैसाथ कठोरता र कोमलताको नीति देखाएको विश्वास गर्छन्।

ताइवानको राष्ट्रपतीय चुनावमा उम्मेदवारहरू चीनसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा भिन्न छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *