धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

डिसी नेपाल
८ पुष २०८० १७:१९
132
Shares

सिरहा। सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ।

धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन्, विक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड विपरित उत्खनन् अनुमति दिएको भन्दै वन कार्यालयले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकास महतोमाथि मुद्दा दायर गरेको हो।

सर्रेखोला सामुदायिक वन क्षेत्र भित्रबाट गत मंसिर १५ गते अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न रहेको अनटेस्ट जेसीवी एक थान गरी सात थान ट्याक्टरसहित चालक वन कार्यालयले नियन्त्रणमा लिएको थियो।

वनले सवारी साधन सहित पक्राउ परेका मंजित कुमार यादब, फुलकुमार यादब, संदिप कुमार यादब, राम कुमार यादब, अरविन्द किशोर यादब, ईन्द्रजित महतो, रमन किशोर यादब, पुरुषेत्तम यादवविरुद्ध दायर गरेको गरेको हो।

अनुसन्धानबाट खुलेका जेसीवीका. धनि वद्रि यादव, ट्रयाक्टर धनिहरु अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोज कुमार यादब, राकेश यादब, हरी नेपाली माथी मुद्दा दायर गरेको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जनाएको छ।

त्यसैगरी, धनगढीमाई नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखा सहायक रंजित कुमार सिंह र वरुण कन्सट्रक्नका संचालक निलम कुमारी यादवमाथि समेत मुद्दा दर्ता गराएको छ।

उनीहरुले वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) वमोजिम तथा ढुङ्गा, गिट्टि, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड, २०७७ को दफा ४(ख) र ६(३) वमोजिमको प्रकृया पुरा नगरी अबैध ढुङ्गा, गिट्टि तथा वालुवाको उत्खनन् गर्ने गराउने कार्यमा संलगन रहेको अनुसन्धानबाट खुलेको सूचना अधिकारी चौधरीले बताए ।

प्रतिवादीहरुले एक लाख ५७ हजार आठ सय १५ रुपैयाँ बराबरको हानिनोक्सानी गरेको विगो सहित वन ऐन, २०७६ को दफा ४९(झ) वमोजिम कसुरमा सोही ऐनको दफा ५०(६)(ड.) वमोजिम सजाय हुन र बोझबाहकको हकमा सोही ऐनको दफा ६८(१) वमोजिम जफत हुने उल्लेख गरिएको छ।

‘फरार प्रतिवादीको हकमा अदालतबाटै मुलुकी फौजदारी कार्यविधि संहिता,  २०७४ को दफा ५७ वमोजिम हुने समेतको मागदाबी लिई डिभिजन वन कार्यालय, लहान, सिराहावाट समानित सिराहा जिल्ला अदालत सिराहामा मुद्दा दायर गरिएको छ।’

यता, सिरहाका विभिन्न ठाउँमा जनप्रतिनिधिहरु कै मिलोमतोमा अवैध रुपमा ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न भइरहेको छ। अवैध रुपमा ढुङ्गा, गिट्टी, तथा वालुवा उत्खन्न गर्ने व्यवसायीहरु संग जनप्रतिनिधिहरुले अतिरिक्त रकम लिएर उत्खन्न गराइ रहेको स्थानियहरुको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *