दाउरा ल्याउन जंगल गएकी महिलाको रुखले च्यापेर मृत्यु

डिसी नेपाल
८ पुष २०८० २१:२८
92
Shares

डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ।

देउराली सामुदायिक वनमा दाउरा ल्याउन जंगल गएको बेला ढलेको सल्लाको रुखले च्यापेर त्रिपुरासुन्दरी नगरपालिका-११ की ३० वर्षीया सिरु बोहोराको मृत्यु भएको हो।

हुम गाउँ नजिकै पर्ने कादुरी खोलाको जंगलमा शनिबार दाउरा ल्याउन गएकी बोहोराको ढलेर लागेको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *