बेन्जामिन नेतान्याहुले भने, ‘इजरायलले गाजा युद्धको ठूलो मूल्य चुकाउनुपरेको छ’

डिसी नेपाल
९ पुष २०८० १३:००
360
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धको आफ्नो देशले ठूलो मूल्य चुकाउनु परेको बताएका छन् ।

इजरायलको सेनाले शुक्रबारदेखि प्यालेस्टिनी क्षेत्रमा आफ्ना १४ सैनिकको मृत्यु भएको जनाएको छ । योसँगै स्थलगत कारबाहीमा मृत्यु हुने सैनिकको संख्या १ सय ५३ पुगेको छ ।

सेनाले गाजामा आफ्नो सैन्य अभियान जारी राख्ने जनाएको छ। शनिबार सबैभन्दा खतरनाक दिनहरू मध्ये एक थियो, तर नेतान्याहुले आफ्ना सेनाहरूसँग लड्न बाहेक अर्को विकल्प नभएको बताए।

यसैबीच, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत केही दिनमा थप १६६ जनाको मृत्यु भएको जनाएको छ। यस लडाइमा हालसम्म २० हजारभन्दा बढी मानिस मारिएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

यस युद्धमा हालसम्म ५४ हजार मानिस घाइते भएको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले यो अपरेशन कठिन र लामो हुने पनि स्वीकार गरेको छ । सेनाका प्रवक्ताले भनेअनुसार सप्ताहन्तमा इजरायली सेनाले उत्तरी गाजा र दक्षिणी गाजामा आफ्नो सैन्य अभियानलाई विस्तार गरेको छ।

यसैबीच अमेरिकाले राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र नागरिकको सुरक्षामा जोड दिएको बताएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । यसमा १२०० इजरायली मारिएका थिए । हमासले पनि २४० जनालाई बन्धक बनाएको थियो ।

त्यसको भोलिपल्टदेखि इजरायलले हमासविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो। इजरायली सेनाले उत्तरी गाजामा लगभग पूर्ण नियन्त्रण रहेको र दक्षिणी गाजामा आफ्नो कारवाहीलाई थप विस्तार गरिरहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *