पुटिनका आलोचक नाभाल्नी कहाँ छन् ? राष्ट्रपतिको निर्वाचन आएपछि खोजी तीव्र
काठमाडौं । रुसी सरकारको आलोचक एलेक्सी नाभाल्नीका प्रवक्ताले नाभाल्नी जीवित रहेको र साइबेरियाको पेनल कोलोनीमा रहेको बताएका छन्।
पेनल कोलोनी भन्नाले दुर्गम स्थानमा कैदीबन्दी राख्नका लागि बनाइएका ठाउँहरूलाई जनाउँछ।
एलेक्सी नाभाल्नीका प्रवक्ता किरा यार्मिसले डिसेम्बर २५ मा भनेकी थिइन्, ‘हामीले एलेक्सी नाभाल्नीलाई फेला पारेका छौं, उनी हाल उत्तरी रूसमा छन्।’
पछिल्लो समय उनलाई एउटा जेलबाट निकालेर अर्को जेलमा लगिएको थियो ।
उनको टोलीले डिसेम्बर ६ देखि उनीसँग सम्पर्क गर्न सकेको थिएन। यस कारणले गर्दा, एलेक्सी नाभाल्नीको वर्तमान अवस्था र स्वास्थ्यको बारेमा आशंकाहरू उठाइएको थियो।
नाभाल्नीलाई भ्लादिमिर पुटिनको सबैभन्दा मुखर आलोचकहरू मध्ये गणना गरिन्छ। उनी २०२१ देखि जेलमा छन् ।
यार्मिशले टेलिग्राम मेसेजिङ एपमा लेखेकी छिन्– ‘आज उनका वकिलले उनलाई देखेका छन् । एलेक्सी नभाल्नी ठीक छन्।’
एलेक्सी आजकल रहेको पेनल कोलोनीलाई पोलार वुल्फ उपनाम दिइएको छ। यो रूस मा सबैभन्दा कठिन अवस्थासंग जुध्नुपर्ने जेल मानिन्छ।
यहाँ रहेका अधिकांश कैदीहरू गम्भीर अपराधमा सजाय पाएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment