इजरायली सेना शरणार्थी शिविरतर्फ अघि बढ्यो, १.५ लाख प्यालेस्टाइनले मध्य गाजा क्षेत्र छोडे
काठमाडौं । गाजा पट्टीमा रहेको शरणार्थी शिविरतर्फ इजरायली सेनाको अग्रसरताका कारण करिब १.५ लाख प्यालेस्टिनी मध्य गाजा छोड्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
प्रत्यक्षदर्शी र हमासको सशस्त्र समूहले इजरायली सेनाका ट्याङ्कहरू बुरेज शिविरको पूर्वी छेउमा पुगेको बताएका छन्।
इजरायली सेनाले भर्खरै बुरेजसँगै नुसिरत र माघाजी शिविरलाई निशाना बनाएर आक्रमण गरेको थियो।
हमासद्वारा संचालित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली गोलीबारीमा दर्जनौं मानिस मारिएको दाबी गरेको छ।
अर्कोतर्फ इजिप्टले युद्धविरामको लक्ष्य राखेर तीन चरणको प्रस्ताव पेश गरेको जनाएको छ ।
यस प्रस्तावको जवाफ दिन हमासको प्रतिनिधिमण्डल इजिप्टको राजधानी कायरो पुगेको छ ।
इजरायली सेनाले माघाजी शरणार्थी शिविरमा बम विष्फोट गरेकोमा आफ्नो गल्ती स्वीकार गरेको थियो।
यसैबीच, संयुक्त राष्ट्रसंघले बिहीबार जारी गरेको प्रतिवेदनमा इजरायलमाथि विभिन्न आरोप लगाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment