१४८ जनालाई कृतिम हातखुट्टा वितरण

डिसी नेपाल
१५ पुष २०८० १०:४२

लहान। नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले सिरहाकोे लहानमा देशभरका १४८ जना अपांगता भएकाहरुलाई पुस ११ गते निःशुल्क कृतिम हातखुट्टा वितरण गरेको छ।

उक्त कृतिम हातखुट्टाको नमुना नापजाँच भारतको नारायण सेवा संस्थान, उदयपुरको प्राविधिक सहयोग तथा मारवाडी युवा मञ्च लाहानको सहकार्यमा भदौ २४ गते लहानको माडवारी सेवा सदनमा गरिएको थियो।

शुरुमा सार्वजनिक सूचना जारी गरी देशभरका अपांगता भएका मानिसहरुलाई कृतिम हातखुट्टा लगाउन चाहनेहरुलाई माडबारी यूवा मञ्च लहानमा सम्पर्क गर्न भनिएको र सम्पर्कमा आएका सबैलाई भारतमा नमुना जाँच अनुसार हातखुट्टा बनाएर ल्याएर वितरण गरिएको राष्ट्रिय अध्यक्ष मनोज अग्रवालले बताए।

माडवारी युवा मञ्चका केन्द्रीय सदस्य चेतन मुरारकाका अनुसार नारायण सेवा संस्थान, उदयपुर, भारतले मानवका लागि कृतिम हातखुट्टा लामो समयदेखि नि :शुल्क रूपमा वितरण गर्दै आएको छ।

यस अघि नेपाल र भारतको विभिन्न स्थानमा यसरी नै कृतिम अंगहरु बनाएर वितरण गदै आएको मारवाडी समुदायका विभिन्न संस्थाहरु आवश्यकता अनुसार नेपालको जुनसुकै क्षेत्रमा गएर कृतिम अंग वितरण गर्न इच्छुक रहेको राष्ट्रिय संयोजक यज्ञराज अग्रवालले बताए।

प्रमुख अतिथि मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले छिमेकी देश भारतबाट आएर स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले गर्न नसक्ने काम स्थानीय मारवाडी युवाहरुले गरेकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद दिएका छन्।

मन्त्री सिंहले राम्रो काम गर्ने ब्यक्तिको खुट्टा तान्ने प्रबृत्ति मधेस प्रदेशमा निकै रहेको कारण प्रदेश पछाडि परेको टिप्पणी गरे । कार्यक्रमका विशिष्ट अतिथी लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले अरुको सहारा लिएर कार्यक्रममा कृतिम अंग जडान गर्न आएकाहरु आफ्नै बलबुताले हिड्न सक्ने बताए र हातको साहराले आफ्नो इच्छा अनुसारको गतिविधि गर्न सक्ने बनाइएकोमा सिंगो मारवाडी समुदाय प्रति हृदयदेखि धन्यावद दिएका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर पान्डेका अनुसार अपांगता भएका ब्यक्तीहरु अपहेलित जीवन बिताउन बाध्य रहेको हाम्रो समाजमा मारवाडी यूवाहरुको पहलमा कृतिम हातखुट्टा पाएपछि कसैको सहारा बिना अभ्यास गर्दै जाँदा जीवन प्रतिको अशा बढदै जानेछ ।

लहानका समाजसेवी राहुल सारडाको अध्यक्षतामा सम्पन्न कृतिम अंग वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख टेकु नन्द ईवालिम्बु, माडवारी यूवा मञ्चका केन्द्रिय अध्यक्ष मनोज अग्रवाल, उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडा, ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज भोला भट्ट लगायतको उपस्थित रहेको आयोजक संस्थाको प्रतिनिधि राहुल सारडाले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *