हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
बेरूत। लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु बिमानवाट प्रहार भएको मिसाइलवाट मारिएको खुलेको छ।
हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानमा इजरायली लडाकू विमानले गरेको आक्रमणमा हत्या भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि मंगलबार साँझ दक्षिणी बेरुत नजिकैको हमासको कार्यालयमा इजरायली ड्रोन हमलामा अल अरौरी मारिएको लेबनानी मिडियाले जनाएको थिए।
तर इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै येडियोथ अहरोनथ अखबारले इजरायली लडाकु विमानबाट प्रहार गरेको ६ गाईडेड मिसाइलले अल अरौरी मारिएको दावी गरिएको छ।
सो दैनिकले एक अज्ञात लेबनानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि ‘६ वटा निर्देशित मिसाइलहरू प्रहार गरिएको थियो, जसमध्ये दुईवटा अल(अरौरी बस्ने भवनमा खसेका थिए।’ प्रत्येक मिसाइलको तौल १०० किलोग्राम रहेको सो पत्रिकाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment