म्यानमारमा सैन्य शासनको ठूलो पराजय, महत्त्वपूर्ण सहरमा विद्रोहीहरूको कब्जा

डिसी नेपाल
२२ पुष २०८० १२:३९
548
Shares

काठमाडौं । म्यानमारमा चीनसँग सीमा जोडिएको अर्को रणनीतिक रूपमा महत्वपूर्ण सहर विद्रोहीले कब्जामा लिएका छन् ।

म्यानमारको सेनाले आदिवासी अल्पसंख्यक विद्रोही गठबन्धन थ्री ब्रदरहुड एलायन्सले चीनसँगको सीमा नजिक रहेको मुख्य सहर आफ्नो नियन्त्रणमा लिएको स्वीकार गरेको छ ।

विद्रोहीहरूले लुक्काइको स्थानीय सेनाको मुख्यालयमा रहेका सबै सैनिकहरूबाट हतियार बरामद गरेको बताएका छन्।

गत अक्टोबरमा उत्तरी शान प्रान्तमा विद्रोहीहरूले आक्रमण गरेपछि म्यानमारको सेनाको यो सबैभन्दा ठूलो हार हो।

यो द्वन्द्वले चीनसँग म्यानमारको सैनिक सम्बन्धमा तनाव सिर्जना गरेको छ। पछिल्ला केही दिनमा दुई चिनियाँ मन्त्रीले म्यानमारका सैन्य शासकहरूसँग वार्ता गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *