असममा एक अर्ब रूपैयाँको लागुऔषध बरामद
काठमाडौं । असमको स्पेशल टास्क फोर्स (एसटीएफ) र करीमगञ्ज पुलिसले मंगलबार ठूलो सफलता हासिल गरेका छन् । पूर्वी क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेका हुन् । यसलाई पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो सफलता भनिएको छ।
असम प्रहरीका डीआईजीपी (एसटीएफ) पार्थ सारथी महन्ताले संयुक्त अपरेशनमा ५.१ किलो हेरोइन, ६४ हजार याबा ट्याब्लेट बरामद भएको जानकारी दिए, जसको कुल मूल्य १०० करोड रुपैयाँ छ।
डिआइजीपी महन्ताले यसका लागि विगत दुई महिनादेखि काम गरिरहेको र आज सफलता हात पारेको बताए ।
बरामद गरिएको खेप मिजोरमको चम्पाई जिल्लाबाट भारतका विभिन्न भागमा जाने गरी असम हुँदै जाने थियो ।
असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्वीट गर्दै असम प्रहरी र करिमगञ्ज प्रहरीको यस अपरेशनको प्रशंसा गरेका छन् ।
यस कारबाहीमा चार जनालाई पक्राउ गरिएको मुख्यमन्त्रीले बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment