आईएमएफद्वारा पाकिस्तानलाई ७०० मिलियन डलर दिने प्रस्ताव स्वीकृत

डिसी नेपाल
२८ पुष २०८० ११:०२
28
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले पाकिस्तानको लागि स्ट्यान्डबाइ एरेन्जमेन्ट (एसबीए) कार्यक्रमको पहिलो चरण पूरा गर्दै ७०० मिलियन डलरको किस्ता जारी गर्न अनुमोदन गरेको छ।

पाकिस्तानको अर्थ मन्त्रालयको सामाजिक सञ्जाल वेबसाइटमा जारी गरिएको घोषणा अनुसार आईएमएफको कार्यकारी बोर्डको आजको बैठकमा एसबीए कार्यक्रमको पहिलो समीक्षा गरिएको थियो, त्यसपछि आईएमएफको कार्यकारी बोर्डले ७०० मिलियन डलरको किस्ता जारी गर्न स्वीकृत गरेको थियो।

नयाँ किस्ता जारी गर्ने स्वीकृतिपछि यस कार्यक्रम अन्तर्गत पाकिस्तानले प्राप्त गर्ने रकम १ अर्ब ९० करोड डलर हुनेछ । स्मरण रहोस् जुलाई, २०२३ मा पाकिस्तानलाई १.२० बिलियन डलरको पहिलो किस्ता जारी गरिएको थियो। यसअघि गत वर्ष जुन ३० मा पाकिस्तान र आईएमएफबीच एसबीए सम्झौता भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *