पेरुमा भेटिएको ‘ममी’ एलियन भएको दाबीलाई विज्ञहरुले अस्वीकार गरे
Photograph of two small mummy-like puppets during the presentation by the Peruvian Ministry of Culture of the results of a survey that concluded they were not extraterrestrial mummies, in Lima, Peru, 12 January 2024. EFE/ Paolo Aguilar
काठमाडौं । पेरुको राजधानी लिमाको विमानस्थलमा गत वर्षको अक्टोबरमा रहस्यमय रूपमा भेटिएका दुई ‘एलियन ममी’लाई वैज्ञानिकहरूले मानव निर्मित घोषणा गरेका छन् ।
पेरुको संस्कृति मन्त्रालयले शुक्रबार लिमामा आयोजित पत्रकार सम्मेलनमा यी ममीहरू ह्युमनोइड पुतली भएको बताए।
वैज्ञानिकहरूले डीएनए परीक्षणको नतिजाका आधारमा यो मानिस र जनावरको हड्डीबाट तयार भएको बताएका छन् ।
विज्ञहरूले पेरुको नाज्का क्षेत्रमा भेटिएको अर्को ‘तीन औंला भएको हात’को पनि विश्लेषण गरेका छन्। उनका अनुसार यो जीवको पनि एलियनसँग कुनै सम्बन्ध छैन ।
पेरुको इन्स्टिच्युट फर लिगल मेडिसिन एण्ड फोरेन्सिक साइन्सेसका पुरातत्वविद् फ्लाभियो एस्ट्राडाले भने, “तिनीहरू अर्को संसारका होइनन्। तिनीहरू पृथ्वीका जनावरहरूको हड्डीबाट बनेका पुतलीहरू हुन्, जुन आधुनिक सिंथेटिक ग्लुसँग जोडिएको हो। तिनीहरू एलियनहरू हुन् भन्ने कथा पूरै मनगढन्ते हो।”
करिब तीन महिनाअघि लिमा विमानस्थलमा रहेको कुरियर कम्पनी डीएचएलको कार्यालयमा कार्डबोर्ड बक्समा प्याक गरिएका यी दुई ममी भेटिएका थिए ।
दुवै परम्परागत एन्डियन पहिरनमा थिए । धेरै मिडिया संगठनहरूले अनुमान लगाए कि यी अर्को संसारका ममीहरू हुन सक्छन्।
गत वर्ष सेप्टेम्बरमा मेक्सिकोको संसदमा लामो टाउको र तीन औँला भएका दुईवटा सानो ममी एलियनको शव हो कि होइन भन्ने विषयमा बहस भएको थियो । तर अधिकांश विज्ञहरूले अर्को संसारको भएको सिद्धान्तलाई अस्वीकार गरेका थिए।







डिसी नेपाल







Facebook Comment