डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित
एजेन्सी। डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन्। युवराज फ्रेडरिकलाई हिजो प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषित गरेका हुन्।
डेनिस महारानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो। महारानी मार्गरेटले आफू जीवितै हुँदा राजगद्दी त्याग गरी छोरालाई राजा बनाएकी हुन्।
सो ऐतिहासिक क्षण हेर्नका लागि डेनमार्कमा हजारौं मानिस भेला भएका थिए। महारानीले ५२ वर्ष लामो राजगद्दी छोरा फ्रेडरिकलाई हस्तान्तरण गरेका हुन्। भीडलाई सम्बोधन गर्दै नयाँ राजा फ्रेडरिकले भविष्यका लागि एकतावद्ध राजा बन्ने विश्वास दिलाए।
साथै आफ्नी आमा महारानी मार्गरेटको प्रशंशा समेत गरे। महारानी मार्गरेट ८ सय वर्षको इतिहासमा स्वेच्छाले राजगद्दी त्याग गर्ने पहिलो उत्तराधिकारी बनेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment