मनमोहक कन्यामको चियाबगान (फोटोफिचर)

दिपा पौड्याल
४ माघ २०८० १२:३०

इलाम। कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ। मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।

यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन्। पर्यटनकालागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरू उपलब्ध रहेका छन्।

कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ। यहाँ विभिन्न ठाँउबाट दैनिक जसो धेरै पर्यटकहरु पिकनिकको मनोरन्जन लिन आउँछन्। त्यसका लागि पिकनिक स्पोटको समेत व्यवस्था रहेको छ।

कन्याम घुम्न आउने मानिसहरूले घोडा चढेर मनोरञ्जन लिन सक्छन्। दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन सक्छन्। कन्याममा पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *