रसिया पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने एकजना पक्राउ

डिसी नेपाल
४ माघ २०८० १८:३६
28
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि रु सात लाख तीस हजार लाग्ने तथा रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा रु एक लाखमा काम लगाईदिने भन्दै विश्वास दिलाइ पीडितबाट पटक–पटक गरी जम्मा रु सात लाख तीस हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *