नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा
काठमाडौं। अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले कलेजको मेसलाई लिएर निरन्तर धर्ना दिएका छन्।
कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले एकबर्षको अग्रिम खाना शुल्क लिएपनि गुणस्तरहिन खाना खुवाएको र मेस अनिवार्य गरेको भन्दै नवौं दिन पनि धर्नामा बसेका हुन्।
उनीहरुले अनिवार्य मेस हटाउनुपर्ने, मेसमा कार्ड सिस्टम लागू गर्नुपर्ने माग राखेका छन्। प्रशासनले अनिवार्य राखेको मेसमा पारदर्शीता समेत नभएको उनीहरुले जनाएका छन् । एक बर्षमा खानाका लागि डेड लाख रुपैया तिरेपनि मेसको व्यवस्था भने सन्तोषजनक नभएको उनीहरुको भनाइ छ।
कलेजले मेस सुधार गरेको भनेपनि विविध बिषयमा दुई सय विद्यार्थीको माग सम्बोधन हुन नसकेकाले धर्ना बस्नुपरेको विद्यार्थीहरुको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment