स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

डिसी नेपाल
५ माघ २०८० १९:२८
172
Shares

पोखरा । पोखरामा स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२४ कास्किकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा पढ्ने ३ वर्षीय समिर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बसबाट झरेर घर जाने क्रममा उक्त बसले ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए। ठक्करबाट घाइते भएका समिरको उपचारको लागी मेट्रोसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। ठक्कर दिने बस र बस चालक प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *