उच्च अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष

डिसी नेपाल
६ माघ २०८० १३:५८
144
Shares

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ।

उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/नगराउन आदेश जारी गरेपछि उपकुलपतिको कार्यकक्षमा गरेको तालाबन्दी शुक्रबार खुलेको हो। उपकुलपतिको कार्यकक्षमा नगरप्रमुख साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊसहित आदेश जारी गरेपछि ताला खुलेको हो।

अदालतको आदेशपछि नगरप्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाउनुभएको थियो। रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङसहित नौ विपक्षीका नाममा अदालतले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो।

सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरीसमेत नौ विपक्षीविरुद्ध उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *