ग्राहकले ब्लिंकिट एपबाट मगाए यस्तो चीज, कम्पनीलाई तनाव !

डिसी नेपाल
६ माघ २०८० १४:३६

काठमाडौं । ३१ डिसेम्बर २०२३ को रात, संसारभरि करोडौं मानिसहरूले नयाँ वर्षको आगमन मनाए। कोहीले ठूला होटलमा पार्टी गरे त कोही घरमै साथीभाइ वा परिवारसँग मिठो खाना खाएर नयाँ वर्ष मनाए । यस अवधिमा, धेरै व्यक्तिहरूले अनलाइनबाट धेरै खाद्य वस्तुहरू अर्डर गरे।

एक व्यक्तिले किराना एप ब्लिंकिटबाट केही वस्तुहरू अर्डर गरे। त्यसपछि जे भयो त्यो निकै हास्यास्पद थियो । ब्लिंकिट आफैले यसको बारेमा साझा गरेको छ।

ब्लिंकिटले ग्राहकसँग कम्पनीको च्याट सपोर्टको स्क्रिनसट साझा गर्‍यो। ग्राहक सेवाबाट पहिलो सन्देश थियो- ‘नमस्ते म आकाश, म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?’

जवाफमा ग्राहकले लेखे – ‘मैले नयाँ वर्षको पार्टीको लागि तपाईंको एपबाट कोल्ड ड्रिंक्स र चिप्स अर्डर गरेको थिएँ, तर अर्डरमा केही छुटेको छ।’

यसपछि ग्राहक सेवाबाट जवाफ आयो- ‘तपाईंको अर्डरमा के छुटेको छ भनी बताइदिनु हुन्छ?’ यसको जवाफमा उनले जे भने त्यो निकै हास्यास्पद थियो ।

उनले लेखे- ‘पार्टीमा साथमा रमाइलो गर्ने साथीहरू ।’ उनले थप लेखेका छन्- ‘तपाईँको डेलिभरी राइडर पार्टीको लागि मसँग बस्न सक्छ?’ यस स्क्रिनसटको क्याप्सनमा ब्लिन्किटले रमाइलो गर्दै लेखेको छ- ‘यसपछि आकाशले च्याट छोडे।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *