खाडीबाट युवाहरु स्वदेश फर्किने सम्भावना बढ्दैछ, व्यवस्थापनको तयारी खोइ?

पूर्ण ओली
९ माघ २०८० ८:०१

अहिलेसम्म सरकारले युवालाई बिदेशतर्फ धकेल्ने प्रयास मात्र गरिरहेको छ। जसको कारण खाडी मुलुकमा मात्रै लाखौं युवा पसिना बगाइरहेका छन्। त्यसबाट उनीहरुको गुजारा चलेर राष्ट्रलाई रेमिट्यान्स प्राप्त भइरहेको छ। तर यस्तो रेमिट्यान्सको रकम सधैं आउने सम्भावना रहँदैन।

अहिले खाडी मुलुकका धेरै देश युद्धको चपेटामा छन्। युद्ध घट्ने होइन क्रमशः बढ्ने अबस्थामा छ। १२ वर्षदेखिको सिरियाको गृह युद्ध अझै यथावत छ। त्यस्मा शक्ति राष्ट्र अमेरिका र रसियाको संलग्नता छ। त्यस बाहेका इरान, सउदी अरेबिया पनि सहभागी छन्। इजरायल पनि बेला बेला हमला गर्न पुगिरहेको छ।

जसको कारण लाखौं जनता मर्न र देश छोडेर भाग्न बाध्य छन्। त्यहाँ मानवअधिकारका जघन्य अपराध भएका खवर आएका छन्। तर संयुक्त राष्ट्रसंघले राम्रो ध्यान पुर्‍याएको छैन।

लामो ससयदेखि गृह युद्धमा फसेको लेवनानको कमजोर सरकार र हिजबुल्लाहको प्रभाव रहेकोले उसले बेलाबेलामाा इजरायल माथि रकेट प्रहारले इजरायलबाट समय समया एयर अट्याक भइरहन्छ। अरबको सानो देश यमनको आर्थिक स्थिति डामाडोल भइरहेको छ।

कुनैपनि अरब देशले अब बिदेशी युवालाई सुरक्षित राख्न र रोजगार दिन कठिनाइ हुँदै जानेछ। त्यसैले बिदेशीएका युवाहरु स्वदेश फर्कने छन्। नेपाली युवाहरु स्वदेशमा बसेर रोजगार गर्न चाहन्छन्। त्यसका लागि सत्तामा बस्नेहरु आफ्नो सुबिधामा मात्र ध्यान दिएर पुग्दैन। देशका युवाहरुलाई ध्यान दिएर उनीहरुको भविष्य उज्यालो पार्नै पर्छ।

त्यहाँका विद्रोही हुथी समूहले राजधानी सानाको प्रेसिडेन्ट कम्पाउण्ड कब्जा गरेपछि सउदी अरेबियाले यमन माथि हमला ग¥यो। केही समय अघि मात्र अमेरिकाले समेत हुथी विद्रोहीमाथि हमला गरेको छ।

गाजामा भएको हमास र इजरायल बीचको युद्धमा धेरै मानिसको मृत्यु भयो। जसमा केही नेपाली पनि परेका छन्। इजरायलबाट घेरिएर बसेका गाजाका जनतालाई लामो समयदेखि हिँड्डुल गर्न पनि प्रतिबन्ध लगाएपछि कठिन अबस्थामा गुज्रिरहेका छन्।

अझै पनि धेरै मानिस अपहरणमा परिरहेका छन्। जसमा नेपाली युवा समेत छन्। अमेरिका इरानमा हमला गर्ने दाउमा रहेको छ। त्यस्तै इरानले पनि अमेरिकन बेस क्याम्पका केही स्थानमा मिसाइल हानेको छ। अमेरिकाको नियत अरबमा इजरायललाई शक्तिशाली बनाइ अरु सत्रु राष्ट्रमाथि हमला गरेर उनीहरुलाई कमजोर पार्नु हो।

यो भन्दा अघि अमेरिकाले इराकलाई ध्वस्त बनाइ राष्ट्रपति सद्दाम हुसेनलाई फासी दिइसकेको छ। त्यसपछि तालिवानलाई सखाप गर्नको लागि अफगानिस्तानमा हमला गरेर धेरै तालिवान लगायत जनता मारिसकेको छ।

पछिल्लो अबस्थामा तालिवानसँग युद्ध जित्न नसकेर अमेरिका फर्केको छ । फेरि पनि अफगानिस्तानमा तालिवानको शासन चलिरहेको छ। जसको कारण महिलालाई हिँड्डुल गर्न, क्याम्पसमा पढ्न, काम गर्न कठिनाइ भइरहेको छ।

क्रमशः खाडी मुलुकहरुमा लडाइँ बढिरहेपछि त्यहाँको शान्ति सुरक्षामा खलल परिरहेकोले रोजगारको लागि रगत पसिना बगाउन गएका युवाहरु स्वदेश फर्कन बाध्य हुनेछन्।

अहिले रसिया र युक्रेन बीचको लडाइँमा केही नेपाली युवाहरु सेनामा भर्ना भएर युद्धमा भाग लिँदा युवाहरु मरिरहेको खवर छ। सरकारले ती देशमा जान र सेनामा भर्ना हुन रोक लगाए पनि युवा जोस जाँगरलाई देशले सदुपयोग गर्न नसके पछि युवाहरु बिदेशमा बेचिन बाध्य भइरहेका छन्।

कुनैपनि अरब देशले अब बिदेशी युवालाई सुरक्षित राख्न र रोजगार दिन कठिनाइ हुँदै जानेछ। त्यसैले बिदेशीएका युवाहरु स्वदेश फर्कने छन्। नेपाली युवाहरु स्वदेशमा बसेर रोजगार गर्न चाहन्छन्। त्यसका लागि सत्तामा बस्नेहरु आफ्नो सुबिधामा मात्र ध्यान दिएर पुग्दैन। देशका युवाहरुलाई ध्यान दिएर उनीहरुको भविष्य उज्यालो पार्नै पर्छ।

त्यसैले सरकारले अब खाडीबाट फर्किने युवालाई स्वदेशमा रोजगारका योजनाहरु अबिलम्ब सुरु गरोस्। यसरी आउने युवाहरुले धेरै शिप सिकेका हुन्छन् भने कोही कुनै पनि शिप नभएका साधरण नागरिक हुनेछन्। त्यसैले रोजगारको लागि तुरुन्त नयाँ उद्योग खोल्न सम्भव नभए पनि कृषि रोजगारमा युवा लगाउन त्यति कठिनाइ हुँदैन।

तर सरकारले दृढ प्रतिज्ञा गर्दै रोजगारका उपायहरु सुरु गरिहाल्नु पर्छ। अन्यथा ती जोशिला युवा भड्किए भने सरकारले सम्भाल्न सक्दैन। किनकि युवाहरु पहिलादेखि नै यो सरकारसँग आक्रोशित छन्।

कसैले जनहितमा केही काम गर्छु भन्यो भने हजारौं युवा सडकमा उत्रन तयार हुन्छन् भन्ने उदाहरण गत मंसिर ७ गते एकदिनमा दुर्गा प्रसाईंको अभियानमा भेला भएका मानिसको भिडलाई हेरे पुग्छ।

सरकारले नेपालमा उत्पादन हुने कृषि, जडिबुटी उत्पादन जोड दिँदै गाँजा खेतीलाई बैध गरिने हो भने लाखौ युवा तथा किसानले रोजगार पाउने र सरकारले अरबौंको राजस्व आम्दानी गर्नेछ। अर्को महत्वपूर्ण कार्य भनेको पहाडदेखि तराईसम्मका गाउँ गाउँमा भएका बाँझा खेतबारीमा सिचाइँको राम्रो प्रबन्ध गर्नुपर्छ।

सिचाईं गर्न पानीको कुनै समस्या हुँदैन। नदी, खोला, मुल जहाँबाट सिचाइँ गर्न नहर, पोलिथिन पाइप, लिफ्टिङ डिभाइसबाट जसरी भएपनि खेतबारीमा पानी पुर्‍याउन अत्याबश्यक छ। यसका लागि अरब होइन खरब खर्च गरेपनि गरियोस्।

त्यस कार्यमा स्थानीय निकायदेखि केन्द्रसम्म लागेर प्रविधिकको भरपुर प्रयोग गरी यस कार्यलाई अघि बढाउनु पहिलो काम हुनेछ। पानी मात्र भएपछि खेती कमसेकम दुई बाली लाग्छ। त्यस्तै तरकारी खेती, फलफूल खेती, माछा पालन, पशुपन्छी पालन जे गर्न पनि सकिन्छ।

अहिले चिया, कफी, ड्रागन फ्रुट, दालचिनी, तेजपात, अलैंची आदिको खेती ठाउँ अनुसार जे गर्न पनि सकिन्छ। स्थानीय निकायले बजार ब्यबस्थापन गरिदिनु पर्छ। युवाको सिप अनुसार स्वास्थ्य क्षेत्र र प्राविधिक क्षेत्रमा लगाउन सकिन्छ।

ससाना डेरी उद्योगदेखि बिभिन्न कुटिर उद्योग संचालन गर्न प्राविधिक सहयोग र अनुदान दिन सकिन्छ। कुनैपनि अनुदान सिधै स्थानीय निकायमा पठाएर प्रत्यक्ष्य किसान या सम्बन्धित ब्यक्तिले पाउनु पर्छ । अन्यथा अहिले जस्तो आधाभन्दा धेरै अनुदान कर्मचारी र दलालले खाने गरेका छन्।

गरिब किसानको नामको अनुदान ठूला ब्यापारीले होटलमा लगाएको पनि देखियो। त्यस्तो कदापि नहोस्। युवाहरुलाई स्वदेशमा रोकेर राख्न गुणस्तरीय र शिपमुलक शिक्षा अनिबार्य दिन आबश्यक छ। प्रत्येक गाउँ गाउँका निकायमा राम्रो स्तरको अस्पताल अनिबार्यरुपमा सुरु गरियोस्।

सबै प्रदेशमा सरकारले मेडिकल कलेज शिघ संचालन गरोस्। थप मेडिकल कलेजलाई पनि नियम केही लचिलो बनाएर संचालन गर्न अनुमति दिन आबश्यक छ। पर्यटकको लागि आवश्यक पर्ने थप पद मार्ग, बास बस्न सुरक्षित र स्तरीय क्याम्प तथा होटल पहाडतिर बनाइयोस्। घोडेटो र सडक निर्माणमा धेरै युवाहरु लाग्न सक्छन्।

जहाँ अहिले भारतीय मुलका नागरिकले काम पाइरहेका छन्। स्वदेशी युवा पर्याप्त भएपछि बिदेशीलाई काम दिन बन्द गर्नु पर्छ। सरकारी र निजी कार्यलय तथा उद्योगका खाली दरबन्दीमा खुला प्रतिश्पर्धाबाट निष्पक्ष रुपमा नियुक्ति गर्ने गरियोस्।

राजनीतिको नाममा भागबण्डा गर्ने काम कतै पनि नगरियोस्। अन्यथा देश बिदेश देखेका युवाहरुले अब पनि शक्तिको दुरुपयोग गर्दै गुटगत खेल, चाकडीवाज, दलाली तथा भ्रष्टचारीलाई सहने छैनन्।

यदि अझैपनि गठजोडका नेता र कर्मचारीतन्त्र नसुध्रिने हो भने उनीहरु अब सकिने छन्। किनकि नेपाली जनताले सहनु सहे अब सहन सदैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *