प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

डिसी नेपाल
११ माघ २०८० १५:०३

काठमाडौं। नेकपा एमाले  निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको तीन दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।

एमाले केन्द्रीय पार्टी स्कूल विभागसँगको समन्वयमा प्रवासी नेपाली मञ्च केन्द्रीय पार्टी स्कूल बिभागले यही जनवरी २० देखि २२ तारिकसम्म ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षणमा बिश्वभर रहेका मञ्चमा आवद्ध करिव ३ सय अगुवा नेता तथा कार्यकर्ताहरु सहभागी भएको मञ्चका उपसचिव एवं प्रचार तथा प्रकाशन बिभागका प्रमुख चानक पोखरेलले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं पार्टी स्कूल बिभाग प्रमुख प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवाद (जवज) द्वारा र १०औं महाधिवेशनको कार्यदिशाबारे बिशेष प्रशिक्षण दिएका थिए ।

यस्तै स्थायी कमिटी सदस्य एवं बिदेश बिभाग प्रमुखसमेत रहनुभएका मञ्चका इञ्चार्ज डा. राजन भट्टराइले नेकपा एमाले र प्रवासबीचको अन्तर सम्बन्धबारे प्रशिक्षण दिए।

कार्यक्रममा स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख काशिनाथ अधिकारीले सङ्गठन निर्माण, परिचालन र ब्यबस्थापनका बिषयमा र पोलिटब्युरो सदस्य ईश्वरी रिजालले माक्सबादी बिश्व दृष्टिकोणको बिषयमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा युरोप महादेश र मध्यपूर्वलाई समुह क तथा उत्तर अमेरिका, ओसियाना र पूर्वी एसियालाई समुह ख मा गरी २ समुहमा बिभाजित गरी चार नेताले चार वटा बिषयमा छुट्टाछुट्टै प्रशिक्षण दिएका हुन ।

प्रशिक्षणबाट कार्यक्रमको माध्यमबाट उल्लेख्य संख्यामा प्रशिक्षकहरु तयार पारिएको प्रवासी नेपाली मञ्चका स्कूल बिभाग प्रमुख गोबिन्द पौडेलले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले प्रवासमा रहेका सवै सदस्यहरुलाई अहिलेको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रष्ट पार्न र बिश्वभर प्रशिक्षण अभियान चलाउन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

अध्यक्ष थापाले नेपालको बर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामको बिषयमा बिश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी गराउन समेत प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।

स्कूल विभाग प्रमुख गोविन्द पौडेलको अध्यक्षता तथा उपप्रमुख राजु पौडेल उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा पूर्वअध्यक्ष भक्त गुरुङ, अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिव चानक पोखरेल, कर्ण शाहीसहित सचिवालय सदस्यहरु प्रभु थापा, भक्त वाग्ले, भक्त गुरुङ, कमलमणि बराल, बिमला भण्डारीसहित अन्तराष्ट्रिय कमिटी, महादेश कमिटी, राष्ट्रिय कमिटी र क्षेत्रीय कमिटीमा आवद्ध नेताहरु सहभागी रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *